निकुञ्जमा मृत गैडा फेला

शालिग्राम नेपाल                                                                                                                                चितवन, ५ साउन । चितवन राष्ट्रिय निकुञ्जमा दुई वटा गैँडा मृत अवस्थामा फेला परेका छन् । आइतवार दुई वटा गैँडा मृत अवस्थामा फेला परेको चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत अणनाथ बरालले जानकारी दिनुभयो ।

निकुञ्जको अमलटारी सेक्टर अन्तर्गत रतनपुर घाटमा अन्दाजी ३० वर्षको भाले गैँडा मृत अवस्थामा फेला परेको प्रमुख संरक्षण अधिकृत बरालले जानकारी दिनुभयो । नारायणी नदी किनारमा बालुवामा गडिएको अवस्थामा यो गैँडा फेला परेको उहाँले बताउनुभयो ।

यसैगरी कसरा नजिकै राप्ती नदी किनारमा दुई महिनाको गैंडा मृत अवस्थामा फेला परेको छ । यो गैँडा बाढीले बगाएर मृत अवस्थामा फेला परेको बरालले बताउनुभयो । दुवै गैँडाको खाग र खुर भने सुरक्षित रहेको छ ।

शेयर गरौ

ताजा अपडेट