चितवनमा ट्याक्टर दुर्घटना पाँचको मृत्यु २२ घाइते

 

चितवन २९ चैत । चितवनको राप्तीमा ट्याक्टर दुर्घटना हुदा पाँच जानको मृत्यु भएको छ ।
राप्ती नगरपालिका वडा नं. ११ आमपानीको चिउडे खोलामा ना १ त ६२८२ नम्बरको ट्याक्टर पल्टदा ५ जनाको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । आइतबार साँझ ७ः३० बजे पहाडी क्षेत्र थाकलटारबाट चिउडेखोला तर्फ आई रहेको ट्याक्टर आफै अनियन्त्रित भई सडकबाट करिब २०० मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता सुर्य थापाले जानकारी दिनु भयो ।
ट्याक्टरमा करिब २५ जना सवार भएको र त्यस मध्य ५ जना को मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । अन्य २२ जना यात्रु घाइते भएका छन् । घाइते मध्य केहीको अवस्था गम्भिर हरेको प्रहरीले जानकारी दिएको छ । मृत्यु हुने र घाइतेहरुको परिचय खुल्न सकेको छैन । घाइतेहरुको भरतपुर अस्पताल, कलेज अझ मेडिकल साइन्सेस र चितवन मेडिकल कलेजमा उपचार भइराखेको छ ।

शेयर गरौ

ताजा अपडेट