महिला लक्षित क्षमता विकास तालिम शुरु

भरतपुर, २९ चैत्र ।
भरतपुर महानगरपालिका वडा नम्बर २८ को आयोजनामा एक हप्ते महिला क्षमता बिकास तथा उद्घोसण तालिम शुरु भएको छ । आइतबार शुरु भएर शुक्रबार सम्म संचालन हुने तालिमको आज एक कार्यक्रमका बिच वडा कार्यालय भवनमा उद्घाटन गरिएको छ ।

वडा सदस्य एवम् तालिम संयोजक सीता कुमारी बस्न्यातको अध्यक्षतामा सम्पन्न औपचारिक कार्यक्रमको प्रमुख अतिथी वडा सदस्य नेत्र प्रसाद आचार्य रहनु भएको थियो । कार्यक्रमको प्रमुख प्रशिक्षक चर्चित पत्रकार मुकुन्द भुसाल रहनु भएको छ !

सो अवसरमा बोल्दै वडा सचिव बाबुराम अधिकारीले तालिम फलदायी हुने बिश्वास ब्यक्त गर्नुभयो । तालिममा करिब २० जना वडावासी महिलाहरुको सहभभागिता रहनेछ ।

शेयर गरौ

ताजा अपडेट