चितवन, माघ ३ ।
बस्तीको तिन दिशा तर्फ चितवन राष्टिय निकुन्जसंगै जोडिएको मध्यवर्ती वन, दक्षिण तिर सोमेश्वर पाहाड । विचमा ठुलो माडी उपत्यका । त्यही मध्यवर्ती र जंगलको आडमा रहेका झण्डै ८ सय एक घरधुरी रहेका ९ वटा गाँउ । वादरझुला, भालुखोला, छाँगेखोला, काली खोला, रिउखोला, सिमलटार, कुसुमखोला, प्याउली र कान्छी बगई गाँउका बस्तीहरुमा स्थानीयले भोगेका कठिनाईलाई समेटेर संरक्षणकर्मी छविलाल न्यौपानेले “नाकावन्दीमा बस्ती ” पुस्तक तयार पार्नुभएको छ ।
लेखक न्यौपानेका अनुसार ती बस्तीहरुलाई राज्यले अतिक्रमीत वस्तीको सुचीमा राखेको छ । उनीहरु लालपुर्जा विहिन छन् । बसोवासको स्थायीत्वका लागी पर्याप्त आधारहरु भएपनि चितवन राष्टिय निकुन्जले पुरानो ऐन अनुसार नै व्यवहार गर्ने भएकाले स्थानीयले कठिनाई भोग्नु परेको लेखक न्यौपानेको भनाई छ । १६८ पृष्ठको पुस्तक करिव एक वर्षमा लेखेर तयार गरेको उहाँले जानकारी दिनुभयो । वन र वन्यजन्तुको दीगो संरक्षणका लागी स्थानीय जनता र निकुन्ज मिलेर अघि बढ्ने वातावरण वन्न सके राम्रो हुने संदेश पुस्तकले दिने लेखक न्यौपानेले जानकारी दिनुभयो ।
लेखक न्यौपाने विगत दुई दशकभन्दा वढी समयदेखि नेपालका संरक्षित क्षेत्र र स्थानीय समुदाय वीचको द्धन्द न्यूनीकरणको अभियानमा कार्यरत हुनुहन्छ ।