नेकपाको आमहड्ताल आन्दोलनमा हाम्रो समर्थन छ : पूर्वप्रधानमन्त्री भट्टराई

चितवन, २१ माघ । जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले संविधान रक्षाको लागि आन्दोलनको स्वरुप जुनसुकै हुन सक्ने बताउनु भएको छ ।
चितवनको भरतपुरमा वुधबार पत्रकारसंग कुरागर्दै संविधानको रक्षा अहिलेको आवश्यकता रहेकाले आन्दोलन जरुरी भएको बताउनु भयो । गत पुस ५ गते संसद विघटनपछि मुलुक नयाँ राजनीतिक अवस्थामा पुगेको बताउदै नेकपाको माधव प्रचण्डले आयोजना गरेको आमहड्तालमा आफ्नो पार्टीको समर्थन भएको बताउनु भयो ।
संविधान रक्षाको लागि जस्तोसुकै आन्दोलन आवश्यक छ आमहड्ताल वा अन्य उहाले भन्नु भयो । सरकारले गरेको संवैधानिक नियुक्ति ठिक नभएको बताउनु भयो । कामचलाउको हैसियतमा रहेको सरकारले नियुक्ति गर्न नहुने बताउनु भयो ।
यसै गरी नेता डाक्टर भट्टराईले भरतपुरमा अयोजित पार्टी कार्यकर्ता भेटघाट कार्यक्रममा नियोजित ढङंगले संसद विघटन गरिएको बताउनु भयो । पुस ५ गतेको घटना नेपालमा निरङकुशता ल्याउने षड्यन्त्र भएको दावी गर्नुभएको छ ।
उहाँले नेकपाको प्रचण्ड–नेपाल समूहलाई ओलीसँग सम्बन्धविच्छेद गर्न सुझाव दिनु भयो । सरकार र सडकमा नेकपानै छन्, प्रचण्ड–माधव समूहले अब पनि केपी ओलीसँग सम्बन्ध विच्छेद गर्न किन आनाकानी गरिरहनु भएको, उहाँले भन्नुभयो, खुट्टा कमाउन छाडेर छुट्टै शक्तिको रुपमा स्थापित गर्न लाग्नुस् । यसो भएमा सबै दलहरु एकै ठाउँमा पुग्ने अवस्था आउँछ ।
ओलीसँग सम्वन्धविच्छेद भएमा देशमा तेस्रो ठुलो जनआन्दोलनको लहर ल्याउन सकिने बताउनुभयो । ठुलो जनआन्दोलनलेनै प्रतिगमन रोकर देशलाई अग्रगमनको बाटोमा लैजान सकिने तर्क गर्नुभयो । वैशाखमा कुनैपनि हालतमा चुनाव नहुने दावी गर्नु भएको छ ।

शेयर गरौ

ताजा अपडेट