शनिबार जिल्लामा पार्टीको कुनै कार्यक्रम छैन: नेकपा

चितवन १६ माघ। नेकपा (प्रचण्ड माधव समूह) चितवनले यही माघ १७ गते चितवन जिल्लामा आफ्नो कुनै कार्यक्रम नभएको जनाएको छ ।

नेकपा चितवनले आज पत्रकार सम्मेलन गरी माघ १७ गते कुनै कार्यक्रम नभएको कुनै कार्यक्रम भए त्यसमा सहभागी नहुन अपिल गरेको छ । नेकपा चितवनका अध्यक्ष यमबहादुर परियार इन्द्रजितले माघ १७ गते नेकपा चितवनको कुनै कार्यक्रम नभएको हुनाले त्यो दिन हुने कुनै गुट वा समूहको नाममा गरिने कार्यक्रममा पार्टीको कुनै संलग्नता नहुने बताए । उनले कुनै गुटले गरेको कार्यक्रममा सहभागी नहुन पनि सचेत गराएका थिए ।

कार्यक्रममा नेकपा चितवनका इन्चार्ज कृष्ण खनालले संसद पुनस्र्थापना नै हुने जिकिर गरे । उनले निर्वाचन घोषणापछि आचारसंहिता विपरीत कार्यक्रम तथा सभाहरु आयोजना भएकै कारण निर्वाचन आयोगलाई पत्र पठाएर त्यस्ता कार्यक्रम रोक्नलाई अनुरोध गरिएको बताए । उनले केपी ओलीबाट प्रतिगमन भएको र प्रतिगमन नसच्चिएसम्म चुनाव हुन नसक्ने बताए । उनले पुल्चोक गोन्द्राङ ६ लेनको सडक र सिटी हल निर्माणको काम अघि बढिसकेको हुनाले अब शिलान्यास हुनुलाई हास्यापद भएको बताए ।

‘सत्ताको पद र शक्तिको दुरुपयोग गरी गरिने यस्तो शिलान्यास कार्यक्रम निर्वाचन आचारसंहिताको ठाडो उल्लंघन हो’ नेकपा चितवनका अध्यक्ष यमबहादुर परियार र सचिव कृष्णभक्त पोख्रेलले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘नेकपा चितवन यस्ता गुटगत राजनीतिको भ्रममा नपर्न सम्पूर्ण श्रमजीवी वर्ग र सर्वहारा सुकुमबासी जनसमुदायमा हार्दिक अपिल गर्दछौँ

शेयर गरौ

ताजा अपडेट