चितवन, १३ पुस । सानिमा लाईफ ईन्सुरेन्स कम्पनीले भरतपुर महानगरपालिका वडा नम्बर ५ कल्याणपुरका भानुभक्त कंडेलकाे परिवारलाई मृत्यु दावी भुक्तानी दिएको छ । साे कम्पनीमा गत माघमा जीवन विमा गरेका कंडेलकाे हृदयघातका कारण मृत्यु भएको थियोे । उनकाे परिवारलाई पाँच लाख बीस हजार रुपैयाँ भुक्तानी गरिएको कम्पनीका नारायणगढ शाखा प्रवन्धक बिकास भुषाालले जानकारी दिनुभयो । विमा दावी भुक्तानी दिन सानिमा लाईफ ईन्सुरेन्स कम्पनीका प्रदेश प्रमुख जयदेव गाैतम, नारायणगढ शाखा प्रमुख भुषाल, एजेन्सी मेनेजर खुमा रेग्मी गैरे र केशव प्रसाद पाेखरेल बिमित परिवारकाे निवासमा पुग्नुभएकाे थियाे । प्रदेश प्रमुख गाैतमले स्वर्गीय कंडेलकी श्रीमती पार्वती कंडेल लाई रकम हस्तान्तरण गर्नुभयो । विमित स्वर्गीय कंडेलले पाँच लाख रुपैयाँको बिमा गरि पहिलो किस्ता ४१ हजार रुपैयाँ बुझाएका थिए । अकल्पनीय र असामियक निधन भएकोमा बिमा कम्पनीले परिवारजनमा समबेदना ब्यक्त गरेकाे थियाे ।
