जुनियर मोडल चितवन एण्ड फेशन शोको उपाधि अस्मिनालाई
भरतपुर। दिपा इभेन्टको आयोजनामा सम्पन्न जुनियर मोडल चितवन एण्ड फेशन शोको उपाधि अस्मिना श्रेष्ठले हात पारेकी छिन । शनिबारमा सम्पन्न प्रतियोगितामा सहभागी मोडलहरुलाई पछि पार्दै उनले उपाधि जितेकी हुन् । त्यस्तै प्रतियोगितामा रोमिका श्रेष्ठ फष्ट रनरअफ र मेरिना न्यौपाने सेकेण्ड रनरअफ भएका थिए ।
दिपा इभेन्टकी प्रबन्ध निर्देशक दिपा पाठकको संयोजकत्वमा सम्पन्न प्रतियोगितामा सफल युवा व्यवसायी एवं समाजसेवी कपिल सागर कर्माचार्य प्रमुख अतिथि रहनुभएको थियो । स्मार्ट व्यान्क्यूट एण्ड रिसोर्ट प्रा.लि.को परिसरमा सम्पन्न प्रतियोगिताको प्रमुख निर्णायकमा युवा व्यवसायी एवं समाजसेवी राकेशमान श्रेष्ठ र निर्णायकमा सञ्चारकर्मी राजु भट्ट रहनुभएको थियो ।
मिडियाकर्मी राकेश तिमिल्सिनाले सञ्चालन गर्नुभएको प्रतियोगितामा इभेन्ट अर्गानाइजर मिना झा, युवा व्यवसायी राहुल सिंह, पुष्प श्रेष्ठ, चितवन जिम हाउसका जिम प्रशिक्षक सुरेश राजवंशी लगायतको उपस्थिति रहेको थियो ।