बैतडीमा बस दुर्घटना ९ को मृत्यु

दार्चुलाको गन्नाबाट महेन्द्रनगरका लागि छुटेको पवनदूत यातायातको ना ५ ख ५१४१ नम्बरको बस बिहीबार राति दुर्घटनामा हुँदा ३४ यात्रु घाइते भएको प्रहरीले जनाएको छ ।

सानो घुम्तीबाट बस ६ सय मिटर तल खसको जिल्ला प्रहरी कार्यालयका प्रमुख डीएसपी नारायणप्रसाद अधिकारीले जानकारी दिएका छन ।

मृतकहरूको सनाखत हुन बाँकी छ । मृतकमध्ये ७ जना पुरुष र २ जना महिला रहेका छन् ।

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एसएसपी मुकेशकुमार सिंहले ९ जनाको मृत्यु भएको र ३४ जना घाइते भएको जानकारी दिए ।

 

शेयर गरौ

ताजा अपडेट