काठमाडौं २५ असोज। अनसनरत बसेका डा. गोविन्द केसी र सरकारबीच सहमति भएको छ। विभिन्न ६ बुँदे माग राखेर २७ दिनदेखि अनसनमा बसेका डा.केसी र सरकारद्धारा गठित वार्ता टोलीबीच शनिबार मध्यरातपछि सहमति भएको हो ।
शिक्षण अस्पताल महाराजगन्जमा शनिबार मध्यरातपछि डाक्टर केसी र सरकारी वार्ता टोलीबीच सहमतिमा हस्ताक्षर भएको हो।
६ बुँदे माग राखेर सुरू भएको डा. केसीको अनसन २७ औं दिनमा सहमति भएको हो । उनको स्वास्थ्य अवस्था जटिल बन्दै गएपछि शनिबार दिनभर वार्ता टोलीले सहमतिको अनौपचारिक प्रयास जारी राखेका थिए ।
डा।केसीले १९ औ अनसन गत भदौ २९ गते जुम्लाको एक मन्दिरमा सुरु गरेका थिए । सहमतिमा ८ बुँदा भए पनि मुख्य बुँदा भने डा। केसीका ६ बुँदे मागका ६ वटा सहमति छन् । ७ नम्बर बुँदामा उक्त सहमतिलाई सम्बन्धित निकायमा लैजाने र ८ नम्बर बुँदामा अनशन तोड्ने उल्लेख छ ।
डा।केसीको अनसनप्रति एक्यबद्धता जनाउदै नेपाल चिकित्सक संघले आइतबार ९असोज २५ गते० देशभरका स्वास्थ्य संस्थाहरूमा आकस्मिक र कोभिड– १९ बाहेकका सबै सेवा बहिस्कारको घोषणा गरेका थिए । सहमतिसँगै घोषित कार्यक्रम फिर्ता लिइने संघ स्रोतले जानकारी दियो ।