चितवन, २५ भदौ । कोरोना रोग भन्दा भविश्यका विषयामा चिन्ता गर्नेहरु वृद्धि हुन थालेको पाइएको छ ।
कोरोना संक्रमणसंगै यसबाट उत्पन्न भएका समस्या समाधानका लागि कठिन भएको भन्दै मानिसमा डर त्रास, सामाजिक घुलन, भविश्यको चिन्ताले सताउन थालेको हो । मानसिक स्वास्थ्यको क्षेत्रमा काम गर्दै आउनु भएको मनोविमार्शकर्ता पार्वती शर्माले संक्रमण भन्दा ठुलो सामाजिक घुलनमा समस्या रहेको बताउनु भयो ।
मानसिक स्वास्थ्यको क्षेत्रमा काम गर्दै आएको प्राइम चितवनमा कार्यरत शर्माले क्वारेन्टाइनबाट फर्केका संक्रमण नभएका व्यक्तिपनि समाजमा सहजै घुलमिल हुन नसक्ने अवस्था आएको बताउनु भयो । संक्रमण भएका व्यक्ति माथि समाजले हेर्ने दृष्टिकोण, संक्रमण नभएका आशंकामा बसेकाहरुलाई हेर्ने दृष्टिकोणनै नकरात्मक भएको पाइएको बताउनु भयो ।
संक्रमित व्यक्ति र क्वारेन्टाइनमा बसेर आएका व्यक्तिलाई भन्दा समाजमा रहेका व्यक्तिलाई मनोविमर्श दिनु पर्ने भएको उहाको भनाइ छ । उहाले भन्नु भयो ‘काउन्सेलिङबाट नै संक्रमणको अवस्था र यसले पार्ने प्रभावको मात्रा जानकारी हुनेछ ।’ शंकाको आधारमा अस्पतालमा वसेर आएका, संक्रमण भएर निको भइ आएकाहरुलाई समाजले सहजै स्वीकार्न नसकेको स्थिति छ यस तर्फ सरोकारवालाले ध्यान दिनु पर्दछ । संक्रमण नभएकाहरुलाई पनि भविश्यको चिन्ता लागेर तनावमा रहेको आफूल पाएको जानकारी दिनु भयो ।
चितवनको पालिकाहरुमा मनोविमर्श तालिम दिदै आउनु भएका शर्माले अव पालिकाहरुले सचेतनाका कार्यक्रम तुरुन्त लैजाने पर्ने सुझाव दिनु भयो ।
वीरेन्द्र वहुमुखी क्याम्पस भरतपुरमा सामाजशास्त्र अध्यापन गराउदै आउनु भएका प्राध्यापक कृष्णप्रसाद पौडेलले भविश्यको चिन्ता लिएर तनावमा समुदाय बस्न थालेको बताउनु भयो । आफ्नो टोल छिमेक र समुदायको भनाइलाई हेर्दा रोजगारी गुम्ने चिन्ता, ऋण गरेर सञ्चालन गरेको व्यवसाय, भविश्यको चिन्ताले सताएका व्यक्तिहरु आफूले धेरै देखेको बताउनु भयो । उहाले भन्नु भयो ‘ बैंकले व्याज तिर्न ताकेता गर्ने, भएको रोजगारी गुम्ने चिन्ता, भविश्य के होला भन्ने चिन्ता धेरैमा पाइएको छ ।’
टोलमा छलफल हुदा, बजारमा जाँदा, अन्य कुनै विषयको कुरा आउदा सबैको चिन्ता यही विषयमा रहेर तनावमा भएको पाइएको छ । यसका लागि मनोविमर्श सेवा दिएर सामान्य अवस्थामा आउने वातावरण निर्माण गर्नु पर्ने उहाँले सुझाव दिनु भयो ।