चितवन २५ भदौ । भरतपुर केन्द्रीय अस्पतालको नयाँ मेडिकल सुपरिटेण्डेन्टमा डा. राजन पाण्डे नियुक्त हुनु भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अस्पतालको मेसुमा डा. पाण्डेलाई नियुक्त गरेको हो । यस अघि अस्पतालमा डा. श्रीराम तिवारी मेसु रहनु भएको थियो ।
भदौं २४ गतेको मन्त्रीस्तरको निर्णयबाट उहालाई भरतपुर अस्पतालको प्रमुख मेसुमा नियुक्त गरिएको स्वास्थ्य मन्त्रालयका उप सचिव प्रमोद सिंखडाले जानकारी दिनु भयो । प्रमुख कन्सल्टेण्ट जनरल फिजिसियन पाण्डे नेपालगन्जको भेरी अस्पतालमा कार्यरत रहनु भएको थियो । डा. पाण्डे एघारौं तहका चिकित्सक हुनुहुन्छ ।
यस अगाडि मेसु रहनु भएका डाक्टर तिवारी वीर अस्पतालमा जाने र डाक्टर पाण्डे आइतबार हाजिर हुन आउने अस्पतालले जनाएको छ ।