कोरोना संक्रमणको कारण थप एक जनाको चितवनमा मृत्यु

चितवन, २३ भदौं । चितवनमा थप एक जना कोरोना संक्रमित व्यक्तिको मृत्यु भएको छ ।
भरतपुर अस्पतालको कोभिड आइसियूमा उपचाररत नवलपुर देवचुली नगरपालिका १ का ६४ वर्षिय पुरुषको मंगलबार साँझ ५ः३० बजे मृत्यु भएको हो । उहाँको कोभिड १९ निमोनिया संक्रमणलगायतका कारणले मृत्यु भएको भरतपुर अस्पतालका सूचना अधिकारी लिलाधर पौडेलले जानकारी दिनुभयो । उहाँको किड्नी फेल भएर डायलिसिस भइरहेको थियो ।
ती पुरुषको यही भदौ १९ गते खोेकी र स्वासप्रश्वासमा समस्या भई भरतपुर अस्पतालको कोभिड आइसियूमा भर्ना गरिएको उहाँलाई भदौ १७ गते कोरोना पुष्टि भएको थियो । अस्पतालले संक्रमित पुरुषको नियमित डायलिसिस गर्दै आएको थियो । स्वास्थ्य अवस्था जटिल हुँदै गएपछि अस्पतालको कोभिड आइसियूमा राखेर उपचार गरिएको अस्पतालका सूचना अधिकारी पौडेलले जानकारी दिनु भयो ।

शेयर गरौ

ताजा अपडेट