चितवन समाचार डटकम, १ साउन । चितवन निर्वाचन क्षेत्र नम्बर २ का विभिन्न स्थानमा स्थानीय पुर्वाधार बिकास साझेदारी कार्यक्रम अन्तरगत भएका बिकास निर्माणका कार्यकाे सांसद कृष्णभक्त पाेखरेलले आज कार्यप्रगतिकाे स्थलगत निरिक्षण गर्नुभएको छ । साे क्रममा पाेखरेलले ईच्छाकामना गाउँपालिका वडा नम्बर-४ मा सञ्चालित कुरिनटार-लामिडाडा सडककाे निरिक्षण गर्नुभयाे । ५० लाख रुपैयाँ बजेटमा छुट्याएर काम भएको साे सडकले स्थानीयलाई जनजीवन सहजता पुग्ने बिश्वास गरिएको स्थानीय अगुवा धनबहादुर गुरुङले बताउनुभयो । साे सडक स्तरउन्नतिका लागि अझै केही बजेट आवश्यक्ता देखिएको र त्यसका लागि आफुले पहलकदमि लिने सांसद पाेखरेलले बताउनुभयो । त्यसैगरि भरतपुर महानगरपालिका वडा नम्वर चारकाे लक्ष्मीमार्गमा बनाईएकाे भित्री सडककाे सांसद पाेखरेलले अनुगमन तथा उद्घाटन गर्नुभयाे । साे सडकमा १० लाख बजेट बिनियाेजन गरिएको थियाे । अनुगमन तथा उद्घाटन कार्यक्रममा वडा अध्यक्ष हरिप्रसाद अाचार्य सहित स्थानीय अगुवाहरुकाे उपस्थिति थियाे । आज अनुगमन तथा उद्घाटन गरिएका सडककाे कार्यप्रगति संताेषजनक पाईएकाे सांसद पाेखरेलले बताउनुभयो ।