चितवन २४ जेठ । ढलमा फोहोर जम्मा भएको कारण पानीको निकसमा समस्या आएपछि भरतपुर महानगरपालिकाले सफाइ सुरु गरेको छ ।
ठूलो पानी परेपछि नारायणगढको लायन्स चोक, सहिद चोक, पुलचोकलगायतको स्थान पानी जमेर निकासमा समस्या आएको थियो । ढलमा जमेको फोहोर फालेपछि पानीको निकास भएको छ ।
सडक डिभिजन कार्यालयको जिम्मेवारी भएपनि महानगरले ढल सफा गर्दै आएको छ । पानी जमेर निकास हुन ढिला भएपछि चासो राखेर वर्षा अगाडि नै ढल सफा गरेको भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले जानकारी दिनु भयो ।