सूर्या लाइफको सम्मान तथा प्रशिक्षण कार्यक्रम सम्पन्न

चितवन, २८ माघ :

सूर्या लाइफ इन्स्योरेन्स पर्सा शाखाले आज सम्मान तथा प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ ।

नयाँ तथा पुराना अभिकर्ताहरुको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले संचालित कार्यक्रममा वीमाका प्लान तथा वीमाको बजारीकरण कसरी गर्ने भन्ने बिषयमा सहभागिहरुलाई नारायणगढ शाखा प्रमुख तथा एरीया म्यानेजर उर्मिला ढकालले प्रशिक्षण दिनुभएको थियो ।

विभिन्न विधामा भुवन श्रेष्ठ,कृष्णजंग श्रेष्ठ,शंकर सापकोटा,कुलप्रसाद सुवेदी,शिला सिलवाल रोक्कालाई सम्मान तथा पुरस्कार वितरण गरीएको थियो ।

साथै एनआइसी एसिया बैंकका शाखा प्रमुख किरण बराल, गरिमा बिकाश बैकं पर्सा शाखा प्रमुख हरेराम रेग्मी र महालक्ष्मी बिकाश बैकं टांडी शाखा प्रमुख श्यामबाबु तिमिल्सनालाई सम्मान गरिएको थियो ।

५० जना भन्दा बढी प्रशिक्ष्यार्थी रहेको कार्यक्रममा पर्सा शाखा प्रमुख राजु अधिकारीले सहजीकरण गर्नुभएको थियो ।

शेयर गरौ

ताजा अपडेट