चितवन । लक्की मिडिया हाउस चितवनले नयांँ बर्ष २०७७ को भित्तेपात्रो विमोचन तथा बधाई कार्यक्रम सम्पन्न गरेको छ ।
भित्तेपात्रोको विमोचन भरतपुर अस्पतालका नवनियुक्त अध्यक्ष डाक्टर भोजराज अधिकारी, युवा व्यवसायी तथा समाजसेवी सुजन ओझा तथा लक्की मिडिया हाउस चितवनका प्रबन्धक हरि कार्की “लक्की” ले संयुक्त रुपमा विमोचन गर्नुभएको हो ।
बिमोचनपछी बोल्दै डाक्टर अधिकारीले कोरोनाले सम्झनालायक वर्ष भएको भन्दै यस्तो दु:खद समय कहिल्यै नआओस भन्ने कामना गर्नुभयो । डाक्टर अधिकारीले यो भित्तेपात्रो वर्षको दर्पणको रुपमा रहेर अब शुभारम्भको दिनको पात्रो हुने अपेक्षा गर्नुभयो । कोरोनाको विषयमा बोल्दै उहांँले चितवन उच्चजोखिम रहेपनि हालसम्म चितवनमा कोरोनाको त्यस्तो गम्भिर अवस्था नआएको बताउनुभयो ।
उहांँले कोरोना नियन्त्रण तथा रोकथामका लागि भरतपुर अस्पतालले निकै ठूलो भूमिका खेलेको बताउनुभयो । आगामी दिनमा अस्पतालको गरिमा र उचाई कायम राख्दै अस्पतालका सेवाहरुमा थप गुणस्तरता प्रदान गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । सो अवसरमा बोल्दै उहांँले हाल भरतपुर असपताललाई मेडिकल कलेज स्थापना गर्नको लागि प्रक्रिया अगाडि बढाईएको समेत बताउनुभयो ।
युवा व्यवसायी सुजन ओझाले मन्तव्य राख्नु भयो । हरि कार्की लक्कीको सभापतित्वमा सम्मपन्न भएको कर्यक्रम जय पाठक “जे.पी” ले सञ्चालन गर्नुभएको थियो ।