चेम्बर द्धारा सुरक्षकर्मीका लागि माक्स हस्तान्तरण

चितवन  २५ चैत्र ।  संम्बे्दनशिल क्षेत्रमा कामगर्नेहरुका लागी माक्सको अभाब भईरहेका बेला चितबन स्थित चितबन चेम्बर अफ कर्मशले आज चितबनका प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्टराई मार्फत १० हजार थान माक्स हस्तान्तरण गरेको छ ।

जिल्ला प्रशासन कार्यालय चितबनमा भएको माक्स हस्तान्तरण कार्यक्रममा चितबन चेम्बर अफ कर्मशका अध्यक्ष दिर्घमान श्रेष्ठले माक्स हस्तान्तरण गर्नु भएको हो । कार्यक्रममा अध्यक्ष श्रेष्ठले संम्बे्दनशिल क्षेत्रमा कामगर्नेहरुका लागी माक्सको अति नै आबश्यक भएको र संघको तर्फ बाट सहयोग गरिएको बताउनु भयो ।

हस्तान्तरण कार्यक्रममा चितबन क्षेत्र नं २ का सांसद कृष्णभक्त पोखरेल लगायतको उपस्थिती रहेको संघका सदस्य सुदीप रेग्मीले बताउनु भयो । चेम्बरले बिगत देखी नै ब्यबसायिक हितका अलाबा समाजिक कामहरु समेत गर्दे आएको छ ।

ताजा अपडेट